एमालेसँग छलफल गर्न तयार छु, एमाले पनि तयार होस् : सभामुख सापकोटा

 

काठमाडौं / सभामुख अग्निप्रसाद सापकोटाले संसद सन्चालनको सम्बन्धमा प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग छलफल गर्न तयार रहेको बताएका छन् ।

आफ्नो भूमिकाबारे समीक्षा गर्न आफू तयार रहेको बताउँदै सभामुख सापकोटाले एमालेले पनि समीक्षा गर्दै सम्वादमा आउने र आगामी कात्तिक ९ गते बस्ने प्रतिनिधिसभाको बैठक सहजरुपमा सन्चालन हुने विश्वास व्यक्त गरे ।

‘मैले फेरि फर्केर सबै कामको समीक्षा गर्ने कुरा हुन्छ, उहाँहरुले पनि समीक्षा गर्नुहुन्छ भन्ने आशा छ,’ बुधवार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा सभामुख सापकोटाले भने, ‘हामी सबैले समिक्षा गरौं र सकारात्मक सोचका साथ संवाद थालौं ।’ जतिसुकै ठूलो समस्या भएपनि संवादको विकल्प नभएको उनको भनाइ थियो ।

नेकपा एमालेलाई फुटाउन सभामुख सापकोटाले भूमिका खेलेको आरोप लगाउँदै एमालेले निरन्तर संसदमा विरोध जनाउँदै आएको छ । संसद सन्चालनको विषयमा सुरुमा सभामुखले र त्यसपछि प्रधानमन्त्रीले आह्वान गरेको सर्वदलीय बैठकसमेत एमाले अध्यक्ष केपी शर्मा ओलीले बहिस्कार गरेका थिए ।

मुख्य समाचार राजनीति समाचार