मकवानपुरमा एक लाख ३१ हजार १ सय ४४ जनाले लगाए कोरोना बिरुद्धको पूर्ण खोप

हेटौँडा/ मकवानपुर जिल्लामा कोरोना भाइरस संक्रमण बिरुद्धको पूर्ण खोप लगाउने एक लाख ३१ हजार १ सय ४४ जना रहेका छन् ।

कोरोना बिरुद्धको पहिलो खोप लगाउने एक लाख ७४ हजार ९ सय ६५ जना पुगेका छन् । अहिले पहिलो मात्रा खोप लगाएकाहरुलाई जिल्लाका दश वटै स्थानीय तहमा खोप लगाउने काम भइरहेको स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले बताए । दोस्रो मात्रा खोप लगाउनका लागि कुनै अभाब समेत नभएको उनले बताए ।

कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएपछी धेरैले कोरोनाको डरले खोप लगाएका छन् । त्यस भन्दा पहिले बृद्धबृद्धाहरुलाई लगाउनका लागि आएको खोप लगाउने अत्यन्त कम मात्रै थिए । पहिले खोपको चरम अभाब भएपनि अहिले भने त्यसको समस्या छैन ।

जिल्लाका दश वटै स्थानीय तहमा कोरोना विरुद्धको खोप लगाउनेको सख्या दिनहुँ बढ्दै गएको छ ।

मुख्य समाचार समाचार समाज स्थानीय स्वास्थ्य