मुख्यमन्त्री शाक्यले आज विश्वासको मत लिदैँ

sdr

हेटौंडा / बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बिहिबार विश्वासको मत लिने भएकी छिन् ।
आज बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने भएकी हुन ।

मुख्यमन्त्री शाक्यले गत असोज २४ गते बसेको प्रदेशसभाको बैठकमा नेपालको संविधानको धारा–१८८ को उपधारा १ बमोजिमको प्रावधानअनुसार विश्वासको मत लिने कार्यका लागि प्रस्ताव प्रस्तुत गर्नु भएलगत्तै यही कात्तिक ४ गते बैठक बस्ने गरी स्थगित गरिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।

आजको बैठकमा हुने विश्वासको मतका लागि सत्तापक्ष र प्रतिपक्षका लागि छुट्टाछुट्टै लबीको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

बागमती प्रदेशसभामा सत्तापक्ष र प्रतिपक्ष गरी हाल १०९ सदस्य छन् । जसमा सत्तारुढ दल नेकपा एमालेको ४१ सांसद रहेका छन्।

प्रदेश समाचार मुख्य समाचार राजनीति समाचार