सिके राउतका कार्यकर्ताले खानेपानी संस्थानका प्रमुखलाई अर्धनग्न बजार घुमाएपछि…

काठमाण्डौ। सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले गुण्डागर्दी शैलीमा नेपाल खानेपानी संस्थान जनकपुर शाखाका निमित प्रमुख राजेश्वर कुशवाहालाई कुटपिट गर्दै अर्धनग्न अवस्थामा नगर परिक्रमा गराएका छन् ।

बिहीबार दिउँसो खानेपानीको काम अधुरै छोडेको कारण आवागमन समस्या भएको भन्दै जनमत पार्टीका नेता कार्यकर्ताले रामानन्द चौकस्थित खानेपानीको कार्यालयमा प्रवेश गरी कुटपिट गरेका हुन् । साथै उनीहरूले अर्धनग्न बनाएर जुलुससहित निमित प्रमुख कुशवाहालाई नगरको विभिन्न भागको परिक्रमा गराएका हुन् ।

जनकपुरधाम उपमहानगरपालिका–८ बलवा टोलमा खानेपानी जडानका लागि महिनौंदेखि बाटो भत्काएका कारण आवागमनमा समस्या भएपछि कार्यालय प्रमुखलाई नगर परिक्रमा गराइएको जनमत पार्टीका सचिव इन्द्रजीत यादवले जानकारी दिनुभयो । आफूले कार्यालय प्रमुखलाई खबरदारी गरेको उहाँको भनाइ छ ।

बाटो ग्राभेलको माग गर्दै दुई साताअघि जनमत पार्टीका नेता कार्यकर्ताले जनकपुरधाम उप–महानगरपालिकामा तोडफोड समेत गरेका थिए ।

मुख्य समाचार समाचार स्थानीय