एमाले मकवानपुरको सबै वडाहरुमा अधिवेशनको सम्पूर्ण तयारी पुरा

 

हेटौंडा / नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुर जिल्ला संगठन कमिटीले जिल्लाको १० वटै पालिकाका वडाहरुको वडा अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।

नेकपा एमाले मकवानपुरका सचिव एकलाल श्रेष्ठका अनुसार पार्टीको केन्द्रिय कमिटी र प्रदेश कमिटीले पठाएको आन्तरिक सर्कुलर र निर्देशन अनुसार भोली शनिबार मकवानपुर जिल्लाका हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र ८ ओटै गाउँपालिकाको सबै वडाहरुमा शनिवार एकै साथ वडा अधिवेशन उद्घाटन हुँदैछ ।

देशैभरका वडा अधिवेशनको नेकपा एमालेका अध्यक्ष एवं पुर्ब प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
अधिबेशनहरुमा एमालेका केन्द्रिय सदस्यहरु डोरमणी पौडेल, रामेश्वर राना, प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरु, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

यस बिच मकवानपुरका केही वडाहरुमा आजै वडा अधिबेशनहरु सम्पन्न भैसकेको नेकपा एमाले मकवानपुरले जनाएको छ ।

मुख्य समाचार राजनीति समाचार स्थानीय