कोरोना महामारीको पीडा केही व्यवसायी पलायन, केही ऋणमा डुब्दै


गलकोट, । ८ वर्षदेखि यातायात व्यवसायमा सक्रिय बागलुङ नगरपालिका–३ गुठीका नारायण खड्कालाई कोरोना महामारी बज्रपात बनेर आयो । निरन्तररूपमा यातयात क्षेत्रमा लगानी गर्दै आएका उनलाई महामारीले निकै पिरल्यो ।

एक यात्रुवाहक बस र माइक्रोबस सञ्चालन गर्दै आएका खड्कालाइ कोरोनाको दोस्रो लहरसम्म किस्ता तिर्नै नसक्ने अवस्था आएपछि यातायात क्षेत्रबाटै पलायन भए । उनले निकै घाटामा आफ्ना सवारी साधन बिक्री गरेर ऋण घटाएका छन् ।

महामारीले गर्दा आठ वर्षदेखि निरन्तर चल्दै आएको यातायात व्यवसायबाट पलाउन हुन पुगेको उनले नमिठो अनुभव सुनाए । ‘कोरोना महामारीका कारण यातायात क्षेत्र ठप्प भयो, बैंकको किस्ता तिर्न कठिनाइ भयो, त्यसैले बस र माइक्रोबस दुवै बेचेर बसेको छु ।’

पर्वतको कुश्मा बजारमा घर भई धवलागिरिबाट देशका विभिन्न स्थानमा यातायातका साधन सञ्चालन गर्दै आएका तुलक अधिकारीले महामारीमा आफ्ना दुई स्कारपियो गाडी गुमाए ।

महामारीका कारण सवारी चलाउन नसकेपछि ती गाडी बेचेर बसको किस्ता तिरेको नमिठो अनुभव उनको छ । अहिले बागलुङ, कुश्मा र म्याग्दीबाट अधिकारीका छ ठूला बस विभिन्न स्थानमा सञ्चालन हुँदै आएका छन् । उनले दसैँ, तिहार सुरु भएपछि सवारी खर्च र चालकको तलब तिर्न सक्ने भएको बताए ।

यातायात व्यवसायी नै कोरोनाको प्रमुख मारमा भएकाले राज्यले यातायात क्षेत्रलाई टिकाउने खालको नीति ल्याउनुपर्ने व्यवासायका माग छ

 

अर्थ प्रदेश समाचार मुख्य समाचार राजनीति समाचार समाज