अनेरास्ववियु र मकवानपुर क्याम्पसबीच समझदारी, अनियमित र नियम बिपरित बितरण भएको छात्रवृत्तिको गल्ती सुधार्ने

हेटौंडा / नेकपा एमाले निकट अनेरास्ववियु र मकवानपुर बहुमुखी क्याम्पस प्रशासन बीच अनियमित र नियम बिपरित बितरण भएको छात्रवृत्तिको गल्ती सुधार्ने र छात्रवृत्ति कार्यबिधी संशोधन गर्ने लगायतको समझदारी भएको छ ।

अनेरास्ववियुले स्नातक चौथौ वर्षका विधार्थीहरुलाई प्रदान गरिने छात्रवृत्तिमा अनियमिता भएको र नियम विपरित मनपरी ढंगवाट वितरण गरिएको भन्दै क्याम्पस प्रशासनलाई २४ घण्टे अल्टिमेटम दिदै सोमबार ज्ञापनपत्र बुझाएको थियो ।

अनेरास्ववियुले ज्ञापनपत्र बुझाएको २४ घन्टा नबित्दै क्याम्पस प्रशासनले छात्रवृत्ति वितरणमा त्रुटि भएको, जेहेन्दार तथा अन्य विधार्थीहरुले पाउने छात्रवृत्तिको लागि विद्यार्थीले पाएको अंकलाई आधार मानि अधिकतम अंक प्राप्त गर्ने विधार्थीहरु एकिन गरि छात्रवृत्ति थप गर्न संचालक समितिलाइ सिफारिस गर्ने, प्रचलित कार्यविधिमा उल्लेखित प्राबधान परिमार्जन, थप वा संशोधन गर्दा विधार्थी संगठनलाइ समेत जानकारी गराई आपसी सल्लाह र समझदारी कार्यविधि बनाउने लगायत प्रशासनले प्रतिबद्धता जनाए सङ्गै अनेरास्ववियुले आज क्याम्पस प्रशासनसंग समझदारी भएको अनेरास्ववियु मकवानपुरका नेता मनिशमान श्रेष्ठले जानकारी दिए ।

अनेरास्ववियुका तर्फबाट मकवानपुर बहुमुखी क्याम्पस संयोजक आशिस रौनियार र मकवानपुर बहुमुखी क्याम्पस प्रशासनबाट क्याम्पस प्रमुख डा. शंकर प्रसाद उपाध्यायले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन l

मुख्य समाचार राजनीति समाचार स्थानीय