मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्ण कुमार गुप्ता विजयी

हेटौँडा/ मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्ण कुमार गुप्ता अग्रवाल विजयी भएका छन् । संघको मंगलबार भएको निर्वाचनमा अध्यक्ष पदमा अग्रवाल बिजयी भएका हुन। अग्रवाल १ हजार २ सय ४६ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्धन्दी संघका पूर्वअध्यक्ष समेत रहेका राजकुमार न्यौपानेले १ हजार १ सय ५५ मत प्राप्त गरेका छन् । न्यौपाने ९१ मत अन्तरले पराजित भए ।

अध्यक्ष पदका लागि वाणिज्यको १,५१५ मत, उद्योगको ७५३ मत, एशोसियटको ११६ मत, र वस्तुगत ३१ मत गरी २ हजार ४१५ मत खसेको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रको चुनावमा पराजित भएका न्यौपाने पुनः जिल्लामा अध्यक्षमा उम्मेदवारी दिएका हुन् । उनी संघको पूर्व अध्यक्ष समेत रहेका छन् ।

मुख्य समाचार राजनीति समाचार स्थानीय