राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुँदै

file photo

हेटौँडा/ बागमती प्रदेशमा गठबन्धनबाट विहिबार राजेन्द्र पाण्डे नयाँ मुख्यमन्त्री नियुक्त हुँदैछन् । नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलका नेता पाण्डेले गठबन्धनको तर्फबाट बुधबार मुख्यमन्त्रीमा दावी पेश गरेका छन् । उनलाई आजै प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री नियुक्त गर्ने र सपथ लिने कार्यक्रम रहेको बताइएको छ ।

पाण्डेले हिजो प्रदेश प्रमुख समक्ष गठवन्धन दलका तर्फबाट मुख्यमन्त्रीका लागि दावि पेस गरेसंगै उहाँलाई मुख्यमन्त्री वन्ने बाटो खुलेको हो। बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएसँगै विपक्षी गठबन्धनले नेकपा (एस) का नेता राजेन्द्र पाण्डे नेतृत्वमा सरकार निर्माण गर्न सहमति गरेको छ । त्यही सहमती अनुसार पाण्डे मुख्यमन्त्री बन्न लागेका हुन ।

सत्ता गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा (एस) र जनता समाजवादी पार्टीले नेकपा (एस) का संसदीय दलका नेता पाण्डेको नेतृत्वमा सरकार जाने निर्णय गरेको हो । गठबन्धनमा रहेका ५९ जनाले नयाँ मुख्यमन्त्रीमा पाण्डेलाई चयन गर्न हस्ताक्षर गरेर प्रदेश प्रमुखलाई बुझाएको छ।

प्रदेशसभामा एमालेका ४३, प्रमुख प्रतिपक्षी माओवादी २३ र कांग्रेस २२, नेकपा (एस)का १३, विवेकशील साझा दलका तीन, नेपाल किसान मजदुर पार्टी (नेमकिपा) का दुई, राप्रपाका दुई र जसपा का एक गरी १०९ सदस्य छन् । प्रदेशसभामा नयाँ सरकार बनाउन ५५ मत भए पुग्छ ।

प्रदेश समाचार मुख्य समाचार राजनीति समाचार