२४ घण्टामा ५२७ संक्रमित थपिए, ६६४ जना निको

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ५२७ जना कोरोना संक्रमित थपिएका छन् । ८ हजार ८४८ जनामा पीसीआर परीक्षण गर्दा ५२७ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

यस्तै, २५०७ जनामा एन्टिजेन परीक्षण गर्दा ६४ जनामा संक्रमण देखिएको छ । थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ११ हजार ४०७ पुगेको छ । २४ घण्टामा ६६४ जना निको भएका छन् । हालसम्म नेपालमा कोरोनाबाट निको हुनेहरूको संख्या ७ लाख ८९ हजार ७८९ पुगेको छ ।

नियमित मिडिया ब्रिफिङमा मन्त्रालयले नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३८२ पुगेको जनाएको छ । बिहीबार थप २ जना मृतक थपिएका छन् । देशभर १० हजार २३६ जना आइसोलेसन र २१४ जना क्‍वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

मुख्य समाचार स्वास्थ्य