पारिजातपथ टोल बिकास संस्थाको १३ औ बार्षिक साधारणसभा सम्पन्न

 

हेटौंडा / पारिजातपथ टोल बिकास संस्था हेटौंडा – ४ को १३ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
बागमती प्रदेशका निबर्तमान सामाजिक बिकास राज्यमन्त्री जुनेली श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा हेटौंडा ४ का वडा अध्यक्ष नबिन सिग्देल, टोल बिकास संस्था नगर समन्वय समितीका महासचिव शिबहरि दाहाल, सदस्य नानिराम अर्याल लगायतकाले मन्तव्य ब्यक्त गर्नुभएको थियो ।

साधारणसभामा बार्षिक प्रगति प्रतिबेदन, आर्थिक प्रतिबेदनमा छलफल गरि आगामी योजना तयार गर्ने योजना रहेको पारिजातपथ टोल बिकास संस्थाका सचिब हरिहर खतिवडाले जानकारी दिनुभयो ।

कार्यक्रम कै अबसरमा जेष्ठ नागरिक, एसइइ परिक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाइ सम्मान समेत गरिएको थियो ।
भेला पारिजातपथ टोल बिकास संस्थाका अध्यक्ष सिर्जना पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।

समाचार समाज स्थानीय