हेटौंडा -भीमफेदी–कुलेखानी सडक ३ दिन आंशिक बन्द हुने

 

हेटौंडा / हेटौंडा– भीमफेदी– कुलेखानी– काठमाडौं सडकखण्डमा स्तरोन्नती गर्न बन्द हुने भएको छ । कुलेखानी सडकखण्डमा स्तरोन्नती गर्न कार्तिक १३ गतेदेखि १५ गतेसम्म ३ दिन दैनिक ४ घण्टा सवारीसाधन बन्द हुने भएको हाे ।

बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय,यातायात पूर्वाधार निर्देशनालयले विहीबार एक सूचना जारी गर्दै भीमफेदी–कुलेखानी सडकखण्डमा तीन दिन केही घण्टा सवारीसाधन बन्द हुने जानकारी गराएको हो । निर्देशनालयले भोलि कात्तिक १३ गतेदेखि कात्तिक १५ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधनमा रोक लगाइएको हो ।

निर्देशनालयले सम्पूर्ण सवारी साधनहरुको आवतजावत बन्द गर्नका लागि सम्बन्धित निकायहरुमा समन्वय गरी सम्बन्धित निकायहरुमा समन्वय गरी निर्माण कार्यमा सहयोग पुर्यादिन सबैलाई आग्रह समेत गरेको छ ।

मुख्य समाचार समाचार समाज स्थानीय