सहकारीको समस्यामा सरकारले सहजीकरण गर्छ : सचिब पान्डे

हेटौंडा / भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिब शरणकुमार पाण्डेले सहकारीको समस्यामा सरकारले सहजीकरण गर्ने बताएका छन् । सहकारीमा भएको समस्यालाई साझा समस्याको रूपमा लिएर समाधान गर्न सहकारी सदस्यहरूले नै तत्परता देखाउनु पर्ने पाण्डेले बताए ।

मकवानपुर जिल्ला सहकारी संघ लिमिटेडको १८ औ बार्षिक साधारण सभामा शुक्रबार उनले यस्तो बताएका हुन् ।
सहकारी विकासको लागि साधारणसभा नै मार्ग दर्शक हुने बताउदै
सहकारीहरूको समस्या समाधानको लागि सहकार्य गर्न मन्त्रालय सहजीकरणको लागि तयार रहेको उनले बताए । “सहकारीको समस्यामा सरकारले सहजीकरण गर्छ, अरू समस्या थप्छ भनेर नहच्किनुहोस” उनले भने । सहकारीलाई उत्पादन मुलक काममा जोड्नको लागी, उत्पादनलाई बजारीकरण गर्नको लागि सरकारले सधैं हातेमालो गर्ने उनले बताए । “सहकारीबाटै कृषिको विकास हुनेमा सरकार ढुक्क रहेको छ” उनले भने ।

कार्यक्रममा दुग्ध बिकास बोर्ड बागमती प्रदेश कार्यकारी उपाध्यक्ष टिकाबल्लभ सापकोटा, राष्ट्रिय सहकारी महासंघका पुर्व संचालक बद्री प्रसाद लम्साल, जिल्ला बचत संघ अध्यक्ष कल्पना श्रेष्ठ लगायतकाले मन्तब्य व्यक्त गरेका थिए ।

संघका अध्यक्ष नारायण प्रसाद देवकोटाको अध्यक्षतामा कार्यक्रम भएको कार्यक्रम सहसचिब सर्मिला श्रेष्ठले सन्चालन गरेकी थिइन् ।

मुख्य समाचार समाचार समाज सहकारी स्थानीय