पेट्रोल, डिजेल र खाना पकाउने ग्याँसको मुल्य बढ्यो, अब नयाँ मूल्य कति ?


काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने सिलिन्डर ग्याँसको मुल्य बढाएको छ । आज राति १२ बजेदेखि नयाँ मूल्य लागू हुने छ ।

नयाँ मुल्य अनुसार निगमले पेट्रोल ,डिजेल र मट्टीतेलको मुल्य प्रतिलिटर तीन रुपैयाँको दरले बढाएको छ । मूल्य वृद्धिपछि काठमाडौंमा पेट्रोलको प्रतिलिटर खुद्रा मुल्य १३३ रुपैयाँ, डिजेल र मट्टितेलको ११६ रुपैयाँ पर्नेछ ।

आन्तरिक हवाई इन्धनको मुल्य प्रति लिटर ९६ रुपैयाँ तथा अन्तराष्ट्रिय हवाई इन्धनको मुल्य प्रति किलो लिटर अमेरिकी डलर ८५.३ प्रति किलो लिटर र खाना पकाउने एलपी ग्यासमा काठमाडौको साबिको मुल्यमा प्रति सिलिन्डर ५० रुपैयाँले वृद्धि गरि प्रति सिलिन्डरको खुद्रा बिक्रि मुल्य रु १५०० रुपैयाँ कायम गरेको छ ।

मुल्य समायोजन पश्चात पनि निगमलाई पेट्रोलमा प्रति लिटर १२ रुपीयाँ ५५ पैसा, डिजेलमा परे लिटर ११ रुपैयाँ ६७ पैसा र एलपी ग्यासमा प्रति सिलिन्डर ४६१ रुपैयाँ २२ पैसा घाटा हुने निगमले जनाएको छ ।

१५ दिनमा पेट्रोलमा करिब रु ३३ करोड ८९ लाख, डिजेलमा ८९ करोड ८६ लाख तथा एलपी ग्याँसमा ६८ करोड २१ लाख रुपैयाँ घाटा नै समग्रमा निगमलाइ १५ दिनमा १ अर्ब ८७ करोड घाटा हुने निगमको दाबि छ ।

अन्तराष्ट्रिय अर्थ प्रदेश समाचार मुख्य समाचार समाचार समाज