सांग्रिला बैंकद्वारा हेटाैडा -१४ मा निशुल्क आँखा शिविर

हेटाैडा / हेटाैडा उपमहानगरपालिका १४ मा निशुल्क आँखा शिविर आयाेजना गरिएकाे छ । सांग्रिला डेभलपमेन्ट बैंक हेटौंडा शाखाको प्रायोजन तथा हेटौंडा सामुदायिक आँखा अस्पतालको सहप्रायोजनमा आँखा शिविर आयाेजना गरिएकाे हाे ।

हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ मयुरधापमा रहेको जनज्योति माविको प्राङ्गणमा निशुल्क आँखा शिविर भएको हाे ।

सांग्रिला विकास बैंकले आफ्नो १७ औं वार्षिकोत्सवको अवसरमा गरेको सप्ताहव्यापी विविध कार्यक्रम अन्तर्गत आज निशुल्क आँखा शिविर सम्पन्न गरेको हो । विहान ९ बजेदेखि २ बजेसम्म संचालन गरेको शिविरमा हेटौंडा १४ लगायत अन्य क्षेत्रका ८० जना महिला र ७० जना पुरुष गरी १ सय ५० जनाले निशुल्क आँखा परीक्षण गराएका छन् ।

 

समाचार समाज स्वास्थ्य