वाइसीएल हेटौंडाद्वारा मोटरसाइकल र्यालिको आयोजना

हेटौंडा/ वाइसीएल हेटौंडा उपमहानगरपालिका कमिटीले आज सनिवार हेटौंडामा मोटरसाइकल र्याली निकालेकोछ ।

वाइसीएल हेटौंडा उपमहानगरपालिकाको प्रथम सम्मेलन पुर्व सन्ध्यामा आज मोटरसाइकल र्याली निकालेको हो ।

हेटौंडाको फरेस्टीबाट सुरु गरिएको उक्त मोटरसाइकल र्याली बसपार्क, राप्ती रोड, बुद्धचोक, मानस चोक, संगमचोकको परिक्रमा गर्दै  हेटौंडा ४ हुप्रामा पुगेर समापन भएको हो । कार्यक्रमममा नेपालका केन्द्रीय सदस्य प्रकाशचन्द्र पाण्डे, मकवानपुर जिल्ला इन्चार्ज सुमन पाख्रिन, अध्यक्ष राजकुमार मोक्तान, सचिव लवराज ठकुरी, जिल्ला सदस्य सुन्दर लामा, वाइसीएल हेटौंडा उपमहानगर अध्यक्ष बिरबहादुर गोले (सानु) लगायतको सहभागिता रहेको थियो ।

Uncategorized मुख्य समाचार राजनीति समाचार स्थानीय