विपद्बाबाट १२१ को मृत्यु, २८ बेपत्ता

काठमाडों । कात्तिक महिनामा विपद्का घटनाबाट १ सय २१ को मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले दिएको जानकारी अनुसार बाढीपहिरामा परेर अहिलेसम्म २८ जना बेपत्ता भएका छन् ।कूल ४४ घाइते रहेका र १ सय ७९ घर क्षति पुगेको केन्द्रले जनाएको छ ।

गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म परेको अविरल वर्षाका कारण यसरी मानवीय क्षति पुगेको हो । मनसुन बाहिरिएको १ हप्तापछि दुई प्रणाली विकास भई नेपालमा भारी वर्षा भएको थियो ।

सबैभन्दा बढी कात्तिक ३ गते ६३ जनाको मृत्यु र १९ जना बेपत्ता भएका थिए । कात्तिक ४ गते २९ जनाको मृत्यु भएको थियो भने कात्तिक ५ गते १३ को मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

हराइरहेका खोजी जारी रहेको र राहत तथा अस्याथी आश्रयस्थलको व्यवस्थापन जारी रहेको मन्त्रालयले जनाएको छ ।

प्रदेश समाचार मुख्य समाचार समाचार समाज