अर्थमन्त्री जनार्दन शर्मा मकवानपुगढी स्थित रुद्र बाटिकामा

हेटौंडा / नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एवं नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) ले मकवानपुगढी स्थित मक्राञ्चुलीमा रहेको जनयुद्ध कालिन शहिद रुद्र पाख्रिनको स्मृतिमा निर्मित रुद्र बाटिकाको अवलोकन गरेको छन् ।

नेकपा (माओवादी केन्द्र) निकट योङ्ग कम्युनिष्ट लिग वाइसीएल हेटौंडाको प्रथम उपमहानगर सम्मेलनलाई सम्बोधन गर्न हेटौंडा आईपुगेका शर्माले मकवानपुरगढी स्थित रुद्र बाटिकाको अवलोकन गरेका हुन् ।

कार्यक्रममा नेकपा माओवादी मकवानपुरका अध्यक्ष एवं बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी लगाएत नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

मुख्य समाचार राजनीति समाचार स्थानीय