कर्णाली प्रदेश सरकारका तीन मन्त्री आज स्वत पदमुक्त हुँदै

सुर्खेत / कर्णाली प्रदेश सरकारका तीन मन्त्री आज (सोमवार) पदमुक्त हुँदैछन् । नेपालको संबिधान अनुरुप सांसद नरहेको व्यक्ति ६ महिनाभन्दा बढी मन्त्री बन्न नपाइने व्यवस्था भए बमोजिम स्वत उनीहरु आज पदमुक्त हुने भएका हुन् ।

तत्कालिन नेकपा एमालेबाट निर्वाचन जितेर प्रदेस सभा सदस्य भएका उनीहरु पार्टीको निर्देशनविपरीत गत वैशाख ३ गते ‘फ्लो क्रस’ गरेर मुख्यमन्त्रि महेन्द्रबहादुर शाहीलाइ विश्वासको मत दिए पछि एमालेले पार्टी र संसद पदबाट कारवाही गरेको थियो।

सांसदविनै मन्त्री बनेका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा आज स्वतः पदमुक्त हुन लागेका हुन् ।

त्यसलगत्तै मुख्यमन्त्रि शाहीले वैशाख ४ गते तीन जनालाई मन्त्री नियुक्त गरेका थिए । प्रदेशसभा सदस्य पद गुमाएका तीनै जनाले वैशाख १५ गते पुनः गैरसांसदको हैसियतमा शपथ ग्रहण गरेका थिए ।

प्रदेश समाचार मुख्य समाचार राजनीति समाचार