मकवानपुरमा राति ८ बजेपछि देउसीभैलो खेल्न निषेध

काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले तिहारमा राति ८ बजेसम्म मात्रै देउसी भैलो खेल्न समयसीमा तोकेको छ ।

मकवानपुर प्रशासनले कोरोना संक्रमणलाई मध्यनजर गर्दै राती ८ बजेपछि देउसीभैलो खेल्न नपाइने निर्णय गरेको हो । प्रशासनले सार्वजनिक सूचना जारी गर्दै तिहारलाई लक्षित गरेर गरिएका देउसी भैलो कार्यक्रम गर्दा सार्वजनिक यातायात र जनजीवनलाई असर पार्ने गतिविधि नगर्न÷ गराउन तथा पटाका, आतिसबाजी जस्ता प्रज्वलनशील विष्फोटक पदार्थ विक्रीवितरण तथा प्रयोग नगर्न समेत आग्रह गरेको छ । त्यस्तो पाइएमा कानून बमोजिम कारबाही गर्ने मकवानपुर प्रशासनले चेतावनी दिएको छ ।

यसैगरी प्रशासनले मादक पदार्थ लगायतका नशालु पदार्थ सेवन गरी पर्वमको समयमासार्वजनिक स्थलमा होहल्ला, झगडा नगर्न सचेत गराउँदै त्यस्ता गतिविधि गरेमा कारबाही गर्ने चेतावनी दिइएको छ ।००००

मुख्य समाचार समाचार