मकवानपुरगढी ६ अदालत टोलमा एमालेको शुभकामना आदानप्रदान , ५५ जना एमाले प्रवेश

१८ कार्तिक २०७८ मक्रान्चुली – शुभ दिपावली तथा छट पर्वको अवसरमा मकवानपुरगढी ६ अदालत डाँडामा नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

एमाले ६ नं वडा कमिटीका अध्यक्ष दुवप्रसाद खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा एमाले मकवानपुर जिल्ला कमिटी सदस्य तथा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा एमाले मकवानपुर जिल्ला कमिटी सदस्य टीका प्रसाद दाहाल, एमाले मकवानपुरगढी गाउँकमिटीका उपाध्यक्ष जितबहादुर घिमिरे , सचिव नानीराम तिमल्सिना लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य पार्टीका नवप्रवेशी एवम् टोलविकास संस्थाका अध्यक्ष गोकर्ण प्रसाद ढकालले गर्नुभएको थियो ।

सो कार्यक्रमको अवसर पारी पुर्व वडाध्यक्ष , टोलविकास संस्थाका अध्यक्ष सहित नेपाली कांग्रेस र राप्रपाका गरि ५५ जना एमाले प्रवेश गरेका छन् ।

मुख्य समाचार राजनीति समाचार