मकवानपुरगढीमा यहि कार्तिक २९ र ३० गते कोभिड विरुद्धको खोप लगाइने

२६ कार्तिक २०७८ , मक्रान्चुली – मकवानपुरगढीमा यहि कार्तिक २९ र ३० गते कोभिड-१९ विरुद्धको खोप लगाइने भएको छ ।

यस अघि कोभिड-१९ विरुद्धको कुनैपनी खोप नलगाएका १८ वर्ष पूरा गरेका सबै नागरिकहरुलाई भेरोसेल खोपको पहिलो मात्रा लगाउन लागिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुव प्रसाद लामिछानेले बताउनुभयो ।

पालिकाको आठ वटै वडाका स्वास्थ्य संस्थाहरूबाट खोप लगाइने हुँदा आफुलाई पायक पर्ने स्थानबाट खोप लगाउन सकिने गाउँपालिकाले हिजो एक सुचना जारी गरि जनाएको छ । खोप कार्यक्रम बिहान १० बजे देखि ४ बजेसम्म संचालन हुनेछ ।

मुख्य समाचार स्वास्थ्य