पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध कार्तिक ३० गते नेपाल बन्द घोषणा

 

 

काठमाडौं / नेपाल आयल निगमले बुधबार गरेको पेट्रोलियम पदार्थको मूल्यवृछि विरुद्ध नेपाल बन्दको आह्वान गरिएको छ । ओली सरकारको पालामा हिंसात्मक गतिविधि त्याग्दै शान्तिपूर्ण राजनितिमा फर्किएको नेत्रविक्रम चन्द विप्लप नेतृत्वको नेपाल नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्द सहितको विरोधको कार्यक्रम सार्वजनिक गरेको छ।

नेकपा महासचिव रहेका विप्लवले बिहीबार वक्तव्य जारी गर्दै पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिविरुद्ध कार्तिक ३० गते नेपाल बन्द गर्ने घोषणा गरेका हुन्।

उनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल खारेज गर्न मागसमेत गरेका छन्। उनले घोषणा गरेको विरोधका कार्यक्रमअनुसार आज देशव्यापी विरोध गर्ने, २६ गते मसाल जुलुस, २७ गते दिउँसो १ देखि २ बजेसम्म देशव्यापी प्रदर्शन गरिनेछ।

त्यस्तै कार्तिक २८ गते बिहान १० देखि ११ बजेसम्म चक्काजाम, २९ गते दिउँसो सिट्ठी जुलुस र साँझ मसाल जुलुस निकाल्दै कार्तिक ३० गते नेपाल बन्द गर्ने घोषणा गरिएको छ।

मुख्य समाचार राजनीति समाचार समाज