मकवानपुरमा विभिन्न पार्टी परित्याग गरि ५ जना काङ्ग्रेस प्रवेश

हेटौंडा/ मकवानपुरमा विभिन्न पार्टी परित्याग गरी ५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । राप्रपा जिल्ला सल्लाहकार रामकृष्ण तिवारीसहित ५ जना कांग्रेस प्रवेश गरेका हुन् । श्रीकृष्ण प्रणामी सेवा समितिका केन्द्रीय उपाध्यक्षसमेत रहेका तिवारी स्थानीय निर्वाचनमा राप्रपाबाट हेटौंडा–१६ मा अध्यक्षका उम्मेदवार थिए ।

त्यस्तै, नेकपा एमाले हेटौंडा–११ का पुराना नेता कृष्णप्रसाद सापकोटा, हरिप्रसाद सापकोटा, नेत्रप्रसाद ढकाल र माओवादीबाट हेटौंडा–७ का लिला गौतम कांग्रेस प्रवेश गरेका छन् ।

उनीहरुलाई नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँ र भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भडेलले स्वागत गरेका थिए ।

राजनीति समाचार स्थानीय