नेकपा एमालेको महाधिवेशनको लागि मकवानपुरबाट १७ प्रतिनिधि छानिए

हेटौंडा/ नेकपा एमालेको राष्ट्रिय महाधिवेशनको लागि मकवानपुरबाट १७ जना प्रतिनिधि छानिएका छन् । ९ हजार २ सय ६८ जना संगठीत सदस्य रहेको एमाले मकवानपुरबाट राष्ट्रिय महाधिवेशनको लागि १ जना दलित सहित १७ जना प्रतिनिधि सर्वसम्मत चुनिएका हुन् ।

आउँदो कार्तिक २७ गते हुने महाधिवेशन प्रतिनिधि छनोटमा मकवानपुरमा ७३ जनाको उम्मेद्वारी परेको थियो । तर आजै सर्वसम्मत रुपमा प्रतिनिधि छानिएको क्षेत्र नंबर एकका निर्वाचन अधिकृत देवराज रिमालले जानकारी दिए ।

यसैगरि दलित कोटाबाट नारयण गजमेर सर्वसम्मत छानिएका छन् । दलित कोटामा ३ जनाको उम्मेद्वारी परेको थियो ।

१७ जना प्रतिनिधिको लागि क्षेत्र नंबर १ बाट ८ जना प्रतिनिधिको लागि खुल्ला कोटामा ३१ जना पुरुषको र २ जना महिला अनिवार्य कोटामा १० जना महिलाको उम्मेद्वारी परेको थियो भने क्षेत्र नंबर २ मा ८ जना प्रतिनिधि खुल्ला कोटामा २१ जना पुरुष र २ जना महिला कोटामा ८ जना महिलाको उम्मेद्वारी परेको थियो ।

क्षेत्र नंबर १ बाट सर्वसम्मत छानिएका प्रतिनिधिहरु
कृष्ण दाहाल

रामचन्द्र राई

बद्री लम्साल

कमल विष्ट

वीर बहादुर घिसिङ फुर्वा

फुर्वा दोर्जे लामा

जुनेली श्रेष्ठ

सिता विष्ट

क्षेत्र नंबर २ बाट सर्वसम्मत छानिएका प्रतिनिधिहरु
सुवास चन्द्र ठकुरी

एकलाल श्रेष्ठ

लाल बहादुर थापा

हिदम लामा

महेश बर्तोला

बिण्णु प्रसाद ढकाल

वरिना बल

सुमित्रा काफ्ले

मुख्य समाचार राजनीति समाचार स्थानीय