नेकपा (एकीकृत समाजवादी) पार्टीको स्थायी समिति बैठक बस्दै

काठमाडौं / नेकपा (एकीकृत समाजवादी) पार्टीको स्थायी समिति बैठक आज शुक्रबार बस्ने भएको छ । आज दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्ने गरी पार्टीकाे स्थायी कमिटीको आठौं बैठक ढाकिएकाे हाे ।

आज बस्ने स्थायी समितिकाे बैठकमा कात्तिकमा २७ र २८ बस्ने केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका प्रस्तावहरु अनुमोदन गर्ने पार्टी उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकले एमालेसहित विभिन्न कम्युनिस्ट पार्टी परित्याग गरी प्रवेश गरेका, प्रवेश गर्ने तयारीमा रहेकालाई जिम्मेवारी र भूमिका दिन निश्चित मापदण्ड निर्धारण गरी केन्द्रीय कमिटीमा पेश गर्नेछ ।

मुख्य समाचार राजनीति समाचार