पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा अनेरास्ववियुद्वारा प्रधानमन्त्री देउवाको पुत्ला दहन

२८ कार्तिक ,हेटौडा – पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा नेकपा एमाले निकट अनेरास्ववियु मकवानपुर बहुमुखी क्याम्पस कमिटीले प्रधानमन्त्री शेर बहादुर देउवाको पुतला दहन गरेको छ । देशकै ठुलो बहुमुखी क्याम्पस मकवानपुर बहुमुखी क्याम्पस आगाडी आज क्याम्पस कमिटिको आयोजनामा प्रदर्शन भएको हो l

सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै उनीहरूले मूल्यवृद्धि फिर्ताको माग गर्दै मसाल जुलुस प्रदर्शन गरेका हुन् । सरकारले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ वृद्धि गरेको छ । खाना पकाउने ग्यासको पनि मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ वृद्धि गरेको हो । खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढाएर १५ सय ७५ रुपैयाँ पुर्या्इएको छ । बढेको मूल्यसँगै पेट्रोल लिटरको १३६ रुपैयाँ पुगेको छ भने डिजेल मट्टितेलको प्रतिलिटर ११९ रुपैयाँ पुगेको छ ।

शनिबार जिल्ला अध्यक्ष बिशाल पौडेलको नेतृत्वमा भएको मसाल जुलुस प्रदर्शन सहितको कोण सभामा मकवानपुर जिल्ला भरि स्ववियु निर्वाचन हुने सबै क्याम्पस आगाडी प्रधानमन्त्रीको पुत्ला दहन गर्न निर्देशन भए बमोजिम देशकै दोश्रो ठुलो बहुमिखी क्याम्पस मकवनापुर बहुमुखी क्याम्पस आगाडी आज पुत्ला दंहन भएको हो l प्रदर्शनमा अनेरास्ववियु जिन्दाबाद !, प्रधानमन्त्री राजिनामा दे!, मूल्य वृद्धि फिर्ता गर!, नाफा घाटा जन्दैनौ मूल्य वृद्धि मान्दैनौ, लगायतका नारा लगाएका थिए l

क्याम्पस कमिटि संयोजक आशिष कुमार रौनियारको सभाध्यक्षतामा भएको कार्यक्रम अनेरास्ववियु केन्द्रीय स्थायी कमिटि सदस्य सन्तोष पौडेलको प्रमुख अतिथ्यामा भएको हो। कार्यक्रममा अनेरास्ववियु मकवानपुर जिल्ला अध्यक्ष बिशाल पौडेल, जिल्ला उपाध्यक्ष भुवन मैनाली, महिला बिभाग प्रमुख स्वेच्छा दंगाल, अखिल फोर्स प्रमुख मनिश मान श्रेष्ठ, हेटौडा नगर कमिटि संयोजक नवराज शर्मा लगाएत अनेरास्ववियु आवद्ध विधार्थीहरुको सहभागिता रहेको थियो ।

मुख्य समाचार राजनीति