मूल्य वृद्धिको विरोधमा अनेरास्ववियुले निकाल्यो मसाल जुलुस, आइतबार जिल्ला भरिका क्याम्पसहरुमा प्रधानमन्त्री देउवाको पुत्ला दहन गर्ने

 

हेटौडा / शेर बहादुर देउवा नेतृत्वको सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा नेकपा एमाले निकट अनेरास्ववियु मकवानपुरले मसाल जुलुस प्रदर्शन गरेको छ ।
शनिबार नेकपा एमाले मकवानपुर पार्टी कार्यालय देखि हेटौडाको बुद्धचोकसम्म अनेरास्ववियुले मसाल जुलुस प्रदर्शन गरेको हो l

सरकारले पटक पटक आम जनताको ढाड सेक्ने गरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै अनेरास्ववियुका विद्यार्थीहरुले मूल्यवृद्धि फिर्ताको माग गर्दै मसाल जुलुस प्रदर्शन गरेका हुन् ।

हालै मात्र सरकारले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ वृद्धि गरेको छ । खाना पकाउने ग्यासको पनि मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ वृद्धि गरेको हो । खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढाएर १५ सय ७५ रुपैयाँ पुर्या्इएको छ । बढेको मूल्यसँगै पेट्रोल लिटरको १३६ रुपैयाँ पुगेको छ भने डिजेल मट्टितेलको प्रतिलिटर ११९ रुपैयाँ पुगेको छ ।

जुलुस पछिको कोणसभामा बोल्दै अनेरास्ववियु मकवानपुर अध्यक्ष बिशाल पौडेलले सरकारलाइ चेतावनी दिदै मूल्य वृद्धि फिर्ता नभए अनेरास्ववियु थप संगर्षमा जाने बताए ।
अध्यक्ष पौडेलले भोलि आइतबार मकवनापुर जिल्ला भरिका क्याम्पसहरुमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गर्न समेत आम विधार्थी नेता कर्यकर्ताहरुमा निर्देशन गरेका छन l

मुख्य समाचार राजनीति समाचार समाज स्थानीय