‘शिक्षक श्वर्णिम अवकास कार्यक्रम’ अन्तरर्गत मकवानपुरगढीका १३ जना शिक्षकलाई स-सम्मान बिदाइ

३० कार्तिक , मक्रान्चुली – मकवानपुरगढी गाउँपालीकाले शिक्षामा नवप्रवेशीलाई अवसर दिने तथा शिक्षण जस्तो मर्यादित पेशालाई सम्मान गर्ने उदेश्यले लामो समय शिक्षण पेशामा निरन्तर कार्य गरिरहेका शिक्षकहरुलाई ‘शिक्षक श्वर्णिम अवकास कार्यक्रम’ अन्तरर्गत १३ जना शिक्षकलाई सम्मान गरी बिदाइ गरेको छ ।

सम्मानित हुने शिक्षकहरुमा केदार नाथ ढुङगाना , गोबिन्द बहादुर तिमल्सिना , कौशिल्या कुमारी लुईटेल , अच्युत प्रसाद पोखरेल , रमेश कुमार पराजुली, सिताराम दहाल ,शुभद्रा लामिछाने, शत्रुघन दुलाल, सिताराम प्रसाद न्यौपाने, कृष्ण प्रसाद पराजुली , नारायण प्रसाद गौतम , ईन्द्रमणि सापकोटा, शिब प्रसाद लामिछाने रहनुभएको छ । अवकास हुने शिक्षकहरुलाई गाउँपालिका कार्यालयमा स-सम्मान दोसल्ला ओडाएर सम्मान पत्र सहित बिदाई गरिएको छ ।

मकवानपुरगढी गााउँपालीकाको आर्थिक बर्ष २०७८ / ७९ को स्वीकृत कार्यक्रम अन्तरगत यो योजना लागु गरिएको हो । शिक्षकहरुको अनिवार्य अबकास ६० बर्षमा हुने भए पनि बाँकी उमेरको आधारमा प्रोत्साहन रकम निर्धारण गरीएको गाउँपालीकाका शिक्षा शाखा प्रमुख रामबहादुर घलानले जानकारी दिनु भयो ।

घलानका अनुसार १ बर्ष देखि २ बर्ष सम्म सेवा अवधि बाँकि रहदै शिक्षक श्वर्णिम अबकास कार्यक्रममा सहभागि हुन चाहने लाई २ लाख, २ बर्ष देखि ४ बर्ष सम्म सेवा अबधि बाकि रहेकालाई ३ लाख , ५ देखि ७ बर्ष सेवा अबधि बाकी रहेकालाई ४ लाख , ८ बर्ष वा ८ बर्ष भन्दा बढि सेवा अबधी बाकी रहदै शिक्षक श्वर्णिम अबकास कार्यक्रममा सहभागि हुने शिक्षकलाई ५ लाख रुपैया प्रोत्साहन रकम प्रदान गरीने छ ।

मकवानपुर जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यता एवम् मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालीकाका प्रमुख प्रशासकिय अधिकृत रामकुमार पुडासैनी , वडा नम्बर ३ का वडा अध्यक्ष भागबत घिमिरे , वडा नम्बर ५ का वडा अध्यक्ष जीत बहादुर घिमिरे, नेपाली कांग्रेस गाउँपालीका शिक्षा संयोजक दोर्जेलामा स्याङतान , नेकपा माओबादी केन्द्र मकवानपुरगढी गाउँपालीका अध्यक्ष राजकुमार खड्का, भानु माध्यमिक विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष मानकुमारी पाख्रिन लगायत विद्यालयका प्रधानाध्यापक,शिक्षकहरुको आतिथ्यता रहेको थियो ।

मुख्य समाचार शिक्षा