पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा अनेरास्ववियुद्वारा फरेस्ट्री क्याम्पस अगाडि प्रदर्शन

 

हेटौंडा / पेट्रोलियम पदार्थको मूल्य बढाएको विरोधमा अनेरास्ववियु कृषि तथा बन बिज्ञान विश्वविधालय र बन बिज्ञान अध्ययन संस्थानको क्याम्पस कमिटीले क्याम्पस अगाडी सांकेतिक प्रदर्शन गरेको छ ।

सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै अनेरास्ववियु मकवानपुरले संघर्षको कार्यक्रमको घोषणा गरेको थियो । कार्यक्रम अन्तर्गत शनिबार मसाल जुलुस भएको थियो । आइतबार मकवानपुर बहुमुखी क्याम्पस आगाडी प्रधानमन्त्रीको पुत्ला दहन भएको थियो भने आज अनेरास्ववियु कृषि तथा बन बिज्ञान विश्वविधालय र बन बिज्ञान अध्ययन संस्थान कमिटिको संयुक्त आयोजनामा ग्यासको सिलिण्डर लगायेत पेट्रोलियम पदार्थ देखाई सांकेतिक प्रदर्शन भएको हो l

सरकारले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ वृद्धि गरेको छ । खाना पकाउने ग्यासको पनि मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ वृद्धि गरेको हो । खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढाएर १५ सय ७५ रुपैयाँ पुर्याोइएको छ । बढेको मूल्यसँगै पेट्रोल लिटरको १३६ रुपैयाँ पुगेको छ भने डिजेल मट्टितेलको प्रतिलिटर ११९ रुपैयाँ पुगेको छ ।

प्रदर्शनमा अनेरास्ववियुका विद्यार्थीहरुले प्रधानमन्त्री राजिनामा दे, सडक हामी तताउछौ मूल्य बृध्दि घटाउछौ, परमादेश सरकार मुर्दाबाद, नाफा घाटा जान्दैनौ मूल्य वृद्धि मान्दैनौ लगाएतको नारा लगाएका थिए l

मुख्य समाचार राजनीति समाचार स्थानीय