आज अखिल शुभकामना साँझ हुँदै, अध्यक्ष ओलीले उद्घाटन गर्ने

काठमाडौँ / अनेरास्ववियुले आज विभिन्न चाडपर्व र पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा अखिल शुभकामना साँझ आयोजना गर्दैछ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा उद्घाटन गर्ने कार्यक्रममा लोकप्रिय कलाकार प्रितम आचार्य, जीवन शर्मालगायतको प्रस्तुति रहने अनेरास्ववियुका महासचिव समिक बडालले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमोद खरेल, मनोज गजुरेल, बद्री पङ्ज्ञेनी, अस्मिता अधिकारी, जितु नेपाल, शिशिर योगी, राजाराजेन्द्र पौडेल, पुरुषोत्तम भण्डारी, लक्ष्मण गाम्नागे, प्रिया भण्डारी, अमृत खाती, बैकुण्ठ दाहाल, अस्मिन घिमिरेलगायत कलाकार र स्रष्टाका प्रस्तुति हुनेछन् ।

अनेरास्ववियुलाई आर्थिकरूपमा बलियो बनाउन रचनात्मक क्रियाकलापमार्फत कोष निर्माण गगर्नका लागि कार्यक्रको आयोजना गरिएको अनेरास्ववियुका महासचिव बडालले जानकारी दिनुभयो ।

मनोरञ्जन मुख्य समाचार राजनीति समाचार