प्रेस सेन्टर नेपाल मकवानपुरको पाँचौ जिल्ला सम्मेलन सम्पन्न,अञ्जली थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन

२ मंसिर, मकवानपुर- प्रेस सेन्टर नेपाल मकवानपुरको पाँचौ जिल्ला सम्मेलन उत्तरी मकवानपुरको थाहा नगरपालिकामा सम्पन्न भएको छ। सम्मेलनले अञ्जली थापाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

समितिको उपाध्यक्षमा राजकुमार केसी र शुभलक्ष्मी विश्वकर्मा चयन भएका छन् भने सचिवमा एमपी शर्मा, कोषाध्यक्षमा अशोक सुजन श्रेष्ठ, सहसचिवमा रुपा गुरुङ र दिलबहादुर लामा, सदस्यहरुमा सरला अधिकारी, नवराज वाईबा, उमेश राई, अर्जुन संजेल, नुजता सुवेदी, मुकेश गोले, पविना लामा, ओम फुयाँल, राजेश गरिब, मञ्जु मैनाली, मनिता दानी, सानुबाबु मुक्तान र मुक्तिनाथ उप्रेती रहेका छन् ।

सम्मेलनले प्रेस सेन्टरको केन्द्रीय प्रतिनिधिमा कौशल पाण्डे, नवराज शर्मा तिमल्सिना, कमलचन्द्र सुमन, ऋषिराम पोखरेल, भानुभक्त आचार्य र कृष्ण सारु मगरलाई चयन गरेको छ । प्रदेश प्रतिनिधितर्फ ध्रुव अधिकारी, राजु साश्वत लामिछाने, ईच्छापूर्ण कार्की, यादब चौलागाई, मिना श्रेष्ठ, भावना रिजाल, रञ्जिता डंगोल र अजिव भट्टराई लाई चयन गरेको छ ।

बागमती प्रदेशकी सामाजिक विकास मन्त्री एवं नेकपा माओबादी केन्द्र मकवानपुरकी केन्द्रीय सदस्य कुमारी मोक्तानको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रेस सेन्टरका बागमती प्रदेश ईन्चार्ज लक्ष्मण खड्काको विशेष आतिथ्यता रहेको थियो । प्रेस सेन्टर मकवानपुरकी अध्यक्ष अञ्जली थापाको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष भानुभक्त आचार्य, बाम वुद्धिजिबी ऋषिराम पोखरेल, अग्रज पत्रकार कमलचन्द्र सुमन लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्का, नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका महासचिव कृष्ण सारु मगर लगायत नेकपा माओवादी केन्द्र पार्टीका विभिन्न तहका नेताहरूले मन्तव्य व्यक्त गरेका थिए ।

मुख्य समाचार राजनीति