एकिकृत समाजवादीले एक सिट पनि नजित्ने योगेश भट्टराईको टिप्पणी

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले एकिकृत समाजबादीले निर्वाचनमा एक सिट पनि नजित्ने बताएका छन् ।

मकवानपुरको मनहरी गाउँपालिकामा भएको गाउँकमिटिको सपथ ग्रहण कार्यक्रममा भट्टराईले माधव नेपालको पार्टीसँग एक्लै चुनाव उठेर एक सिट पनि जित्ने ल्याकत नभएको बताएका हुन्।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका भट्टराईले नेकपा माओवादी केन्द्रको पनि अवस्था नाजुक रहेको बताए । अहिले माओवादी अध्यक्ष प्रचण्ड पनि कांग्रेससँग सिट माग्दै हिडेको बताउँदै नेकपा एमाले मात्र एक्लै चुनाव लडेर पहिलो शक्ति बन्ने हैसियतमा रहेको उल्लेख गरे ।

कार्यक्रममा नव गठिन नेकपा एमाले मनहरी गाउँपालिका कमिटिको सपथ ग्रहण समेत गराईएको थियो । नविन सुवेदीको अध्यक्षतामा बनेको कमिटिको सपथ ग्रहण भट्टराईले गराएका हुन् ।

मुख्य समाचार राजनीति स्थानीय