हेटौंडामा रगतको अभाव भएसङ्गै युवा संघद्वारा रक्तदान कार्यक्रमको आयोजना, ६३ जनाद्वारा रक्तदान

 

हेटौँडा / रक्तसञ्चार केन्द्र हेटौँडामा रगतको अभाव भएसँगै राष्ट्रिय युवा संघ नेपाल हेटौँडा १२ र १३ नंबर वडा कमिटिले शुक्रबार पदमपोखरीमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ कार्यक्रममा ६३ जनाले रक्तदान गरेका छन् ।

युवा संघ नेपालका केन्द्रीय सदस्य नरेन्द्र भण्डारीले युवा संघ नेपाल हेटौंडा नगर कमिटीका अध्यक्ष राजेश नगरकोटीलाई व्लड व्याग हस्तान्तरण गर्दै कार्यक्रमको सुरुवात गरिएको थियो ।

राष्ट्रिय युवा संघ नेपाल हेटौंडा उपमहानगर १२ नम्बर वडा कमिटी अध्यक्ष महेश भट्टराई र १३ नम्बर वडा अध्यक्ष सिन्धु लामा थोकरको संयुक्त अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यता रहेको थियो ।

हेटौंडामा रगतको अभाव भएको जानकारी प्राप्त भए सङ्गै आफुहरुले रक्तदान कार्यक्रमको आयोजना गरेको राष्ट्रिय युवा संघ नेपाल हेटौँडा नगद कमिटिका अध्यक्ष राजेश नगरकोटीले जानकारी दिनुभयो ।

पछिल्लो केहि दिनबाट हेटौँडामा रगत अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाका सभापति शिबहरि दाहाल, युवा नेता नरेन्द्र भण्डारी, राजेश नगरकोटी लगायतका युवाहरुले आकस्मिक रक्तदान अभियान नै संचालन गरिरहेका छन ।

मुख्य समाचार समाचार समाज स्थानीय स्वास्थ्य