प्रदेश युवा परिषदको आयोजनामा हेटौंडा महिला आत्मरक्षा तालिम सुरु, महिलाहरुको विकासको लागी सबैले मिलेर अघि बढ्नुपर्ने : मन्त्री मोक्तान

 

हेटौंडा / बागमती प्रदेशको सामजिक विकास मन्त्री कुमारी मोक्तानले महिलाहरुको विकासको लागी सबैले मिलेर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

शुक्रवार बागमती प्रदेश युवा परिषदले हेटौंडामा आयोजना गरेको महिला आत्मरक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोक्तानले महिलाहरु अझै पनि पुरुषहरुको तुलनामा पछाडी परेकोले उनीहरुको क्षमता अभिवृद्धी गदै नेतुत्वदायी भुमीकामा ल्याउन सबै मिलेर अघि वढ्नुपर्ने बताउनुभएको हो ।
यस्तै उहाँले वर्तमान समयमा महिला माथि भएको बलात्कार, महिला हिंसा लगाउतको घटनाहरु बढ्दै गएकोले चिन्ता व्यक्त गर्नुभयो । उहाँले त्यस्ता घटना न्यनिकरणमा महिला आत्मरक्षाले तालिमले पनि केही हदसम्म सहयोग गर्ने भएकोले प्रदेश सरकारले स्थानियतहरुसंग समवन्य गरि सवै स्थानमा गर्ने जानकारी गराउनुभयो ।

कार्यक्रममा प्रदेश युवा परिषदको उपाध्यक्ष सन्तोष चौलागाईले राज्यले युवाहरुको निम्ती वर्षौ पिच्छे राम्रा कार्यक्रमहरु ल्याउने गरेता पनि युवाहरु र सरकारको विच समवन्यको अभाव हुदाँ सोचे अनुसार कार्यहरु हुन नसकेको जिकिर गर्नुभयो । त्यस्ता समस्याहरुलाई चिर्दे अघि बढ्न र युवाहरुको क्षमता विकास गर्दे उत्पादनसंग जोड्नको निम्ती प्रदेश युवा परिषद गठन भईसकेले अव प्रदेश युवा परिषद युवाहरुको विकासको लागी विषेश कार्यक्रममा साथ योजना बद्ध किसिमले अघि बढने बताउनुभयो ।

यस्तै जिल्ला युवा समितीका अध्यक्ष शिवहरि दहालले युवाहरु देश मेरुदण्डको रुपमा रहेको हुनाले युवाहरको लागी सरकारले विषेष कार्यक्रमहरु ल्याएको बताउनुभयो । युवाहरुले देशको आर्थिक सामाजिक तथा राजनैतिक रुपान्तरणको विभिन्न कालखण्डमा आफनो विषेश उपस्थितका साथ सहयोग गदै उभ्याउदै आएको बताउनुभयो । यस्तै अध्यक्ष दाहालले समयको परिवर्तन संगै युवाहरुको भुमिकालाई पनि परिमार्जित गदै अब देशको आवश्यता समृद्ध नेपाल सुखी नेपाली स्लोग्न जस्तै रहेकोले युवाहरु एकजुट भई त्यसको निम्ती लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा राष्ट्रिय युवा परिषदका कार्यकारी सदस्य तिलोत्तम पौडेल, प्रदेश युवा परिषदका कार्यालय प्रमुख रमेश घिमिरे, प्रशिक्षक भगवती अधिकारी लगायतकाको उपस्थिति रहेको थियो ।

जिल्ला युवा समितिको कार्यालयको समन्वयमा २ दिनसम्म चल्ने महिला आत्मरक्षा कार्यक्रममा जिल्लाका १० वटा स्थिानिय तहका २५ जना युवा महिलाहरुको उपस्थिती रहेको छ ।

 

प्रदेश समाचार मुख्य समाचार समाचार समाज स्थानीय