नेपाल मुस्लिम इत्तेहाद संगठन मकवानपुरको जिल्ला अधिवेशन आज, एमाले नेता रायमाझीले सम्बोधन गर्ने

 

हेटौंडा / नेकपा एमालेको भातृ संगठन नेपाल मुस्लिम इत्तेहाद संगठन मकवानपुरको तेस्रो जिल्ला अधिवेशन आज शनिवार हेटौंडा हुने भएको छ ।

नेकपा (एमाले) को स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले सम्बोधन गर्ने जिल्ला अधिबेशनको सम्पुर्ण तयारी पुरा भएको नेपाल मुस्लिम इत्तेहाद संगठनको केन्द्रीय सदस्य एवं मकवानपुरको ईन्चार्ज समिम खानले जानकारी दिए ।

कार्यक्रम आज दिउँसो १ बजे हेटौंडाको क्विक ट्वान्टी होटलमा हुने बताईएको छ ।

मुख्य समाचार राजनीति समाचार स्थानीय