महाधिवेशन ऐतिहासिक बनाउन लाग्ने मकवानपुर जिल्लाको उद्घोष

 

हेटौंडा / चितवनमा हुने १० औं महाधिवेशनको तयारीको सन्दर्भमा नेकपा एमाले जिल्ला कमिटीको बिस्तारीत बैठक बसेको छ ।

पार्टीका जिल्ला अध्यक्ष बद्री प्रसाद लम्सालको अध्यक्षता एबम स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीको प्रमुख आतिथ्यतामा भएको बैठकले महाधिवेशन ऐतिहासिक बनाउन लाग्ने उद्घोष गरेको छ । कार्यक्रममा बोल्दै स्थायी कमिटी सदस्य रायमाझीले नेकपा एमालेको महाधिवेशन ऐतिहासिक हुने बताउनुभयो ।

अधिवेशन सफल बनाउन पार्टीको सम्पुर्ण शक्ति एक हुने बताउनुभयो । उहाँले नेपाली राजनीतिको मूलधार नेकपा (एमाले) भएको बताउनुभयो। नेता रायमाझीले एमाले फेरि पनि राष्ट्रिय राजनीतिको मियोको रूपमा स्थापित हुने दाबी गर्नुभयो । उहाँले एमालेले अङ्गालेको समृद्ध नेपाल, सुखी नेपालीको नारा र त्यसका लागि अवलम्बन गरेको समाजवाद उन्मुख बाटो र जनताको बहुदलीय जनवादका कारण एमाले आगामी निर्वाचनमा समेत प्रथम शक्ति बन्ने धारणा राख्नु भयो।

नेता रायमाझीले केपि ओली नेतृत्वको सरकारले देशको आर्थिक र सामाजिक रुपान्तरणका लागि गरेको कामबाट देशीविदेशी शक्तिहरु आत्तिएको र परमादेशको सरकार स्थापना गर्ने सम्मको हर्कत भएको स्पष्ट पार्नुभयो । नेपालको कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउन चाहनेहरुले अझै पनि एमालेलाई प्रहार गरिरहेको उल्लेख गर्नुभयो । बैठकमा नेकपा एमालेका केन्द्रिय सदस्री एबम बागमती प्रदेशका सह इन्चार्ज डोरमणि पौडेल, केन्द्रिय सदस्य रामेश्वर राना, प्रदेश कमिटी सङठन बिभाग प्रमुख अनन्त पौडेल सांसद कृष्ण दाहाललगायत सहभागी हुनुहुन्थ्यो ।

महाधिवेशनका लागि विभिन्न समिति

नेकपा एमाले मकवापुरले केन्द्रिय महाधिवेशनमा सहभागिताका लागि जिल्ला अध्यक्ष बद्री प्रसाद लम्सालको संयोजकत्वमा २००१ सदस्यीय जनपरिचालन समिती निर्माण गरेको छ । त्यसैगरी सचिब एकालाल श्रेष्ठको संयोजकत्वमा र्याली ब्यबस्थापन समिति, जिल्ला सदस्य बिश्वराज राइको संयोजकत्वमा यातायात ब्यबस्थापन संयोजक बिश्व राज राई, सचिवालय सदस्य नवीन सिग्देलको संयोजकत्वमा महाधिवेशन प्रचार प्रसार समिति, उपाध्यक्ष गोपाल श्रेष्ठको संयोजकत्वमा आर्थिक ब्यबस्थापन, उपसचिव लालबहादुर थापाको संयोजकत्वमा सास्कृतिक झाकी जातीय भेषभुषा ब्यबस्थापन समिति निर्माण गरिएको छ ।

यस्तै कार्यक्रममा सहभागिताका लागि मकवानपुरको बागमती गाउँपालिका सहजकर्तामा खेम जर्घा र शर्मिला बिक, बकैयामा कृष्ण चौलागाईं र बेलप्रसाद दाहाल, मकवानपुर गढीमा बिदुर हुमागाई र मेम्बर लो, भिमफेदीमा हिदम लामा र पार्वती राना, इन्द्र सरोबरमा डीके पुडासैनी, थाहानगरपालिकामा बिष्णु ढकाल र बुद्ध रत्न मानन्धर, कैलाशमा बच्छु ढुंगाना र बुद्धि ब मोक्तान , मनहरीमा हेम उप्रेती र गौतम लामा, हेटौंडामा नवीन सिग्देल फुर्वा लामा, सुनिल मोक्तान,मदन दाहाल, ध्रुब चौलागाईंलाई जिम्मेवारी दिइएको सचिब एकालाल श्रेष्ठले बताउनुभयो ।
यसैगरी प्रदेश कमीटीमा रहेका अणराज जर्गा र जयबहादुर वाइवालाई बागमती, पद्मा पौडेललाई बकैया, हर्कमाया रुम्बा र नबराज तिमल्सीनालाई मकवानपुरगढी, भगवती पुडासैनीलाई भीमफेदी, सुभाषचन्द्र ठकुरी, देबराज रीमाल, नारायण सापकोटालाई ईन्द्रसरोबर, सुभाषचन्द्र ठकुरी र बरीना बलाई थाहा, महेश बर्तौलालाई कैलाश, सुन्तली प्रजालाई राक्सिराड, एकराज उप्रेती, श्याम ढकाललाई मनहरी, अनन्त पौडेल, रघुनाथ खुलाल र जुनेली श्रेष्ठलाई हेटौंडा उपमहानगरपालिका, मधुसुधन खतिवडा, अर्जुन अर्याललाई इलाका मजदुर र पेशागत महासंघको रधुनाथ खुलाललाई जिम्मा दिइएको छ ।

यस्तै सडकमा स्वागत द्वार, झन्डा, घडाहरु राख्ने, ब्यानर र पर्चा गाउँ गाउँ पुर्याउने, रेडियो टीभी अनलाइन तथा पत्रीकामा सूचना व्यापक बनाउनेलगायतका निर्णय गरेको नेकपा एमालेका जिल्ला सचिब एकालाल श्रेष्ठले बताउनुभयो ।

मुख्य समाचार राजनीति समाचार स्थानीय