नेपाली काँग्रेस मकवानपुरको क्षेत्र नम्बर–२ सभापतिमा मोक्तान विजयी

मकवानपुर । नेपाली काँग्रेस मकवानपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ को सभापतिमा लोकबहादुर मोक्तान निर्वाचित भएका छन् । मोक्तानले सभापति पदका अर्का उम्मेदवार इश्वरराज पौडेललाई पराजित गरेका हुन् ।

सोमबार सम्पन्न निर्वाचनको मत परिणाम अनुसार मोक्तानले ६२० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी पौडेलले ३५३ मत प्राप्त गरे ।

त्यस्तै सचिव पदमा थल बहादुर थापा ‘सन्तोष’ र बलराम घिमिरे विजयी भएका छन् । थापाले ५२७ मत र घिमिरेले ४६२ मतसहित निर्वाचित भएका हुन् । त्यस्तै सचिव पदमा रमेश कुमार थिङले ३४४ र राजकुमार ब्लोनले ३७७ मत प्राप्त गरी पराजित भएको मतदान अधिकृत रामकुमार अधिकारीले जानकारी दिएका छन् ।
अन्य पदसहित महाधिवेशन प्रतिनिधिहरुको भने मतगणना जारी रहेको उनले बताए ।

मुख्य समाचार राजनीति स्थानीय