यस्तो देखियो प्रधानन्यायाधीशविरुद्धको मार्च पास (फोटोफिचर)

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध राजधानीमा मार्चपास गरिएको छ। जबरालाई महाअभियोग लगाउन माग गर्दै नेपाल बार एसोसिएसन, बृहत नागरिक आन्‍दोलनसहित विभिन्न पेशागत संघसंस्थाहरुले सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास गरेका हुन्।

नेपाल बार एसोसियसन, नेपाल पत्रकार महासंघ, नेपाल शिक्षक महासंघ, नेपाल इन्जिनियर्स एसोसियसन, नेपाल जनस्वास्थ्य संघ, नेपाल नर्सिङ एसोसियसन, नेपाल आदिवासी जनजाति महासंघ र बृहत् नागरिक आन्दोलनले संयुक्तरुपमा दिउँसो २ बजे सर्वोच्च अदालतको गेटबाट मार्चपास सुरु गरेका हुन्।

उनीहरुले ‘सम्पूर्ण न्यायिक प्रेम जनता एक हौं,प्रधानन्यायाधीश जबरा राजीनामा दे’लगायतका नारा लगाएका छन्।

मुख्य समाचार राजनीति