हिमाल महिला सहकारीका नवनिर्वाचित समितिलाई सपथग्रहण तथा प्रमाणपत्र वितरण

१३ मंसिर,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ बाबियोडाँडामा रहेको हिमाल महिला बहुउद्देश्यीय सहकारी संस्थाका नवनिर्वाचित संचालक समिति तथा लेखा समितिलाई सपथ ग्रहण तथा प्रमाणपत्र वितरण गरिएको छ। संस्थाको गत शनिबार सम्पन्न २३ औ वार्षिक साधारणसभाले जानकी दाहालको अध्यक्षतामा संचालक समिति तथा जोसिना बर्तौलाको संयोजकत्वमा लेखा समिति सर्वसम्मत चयन गरेको थियो ।

यसैगरी भेलाले संस्थाको उपाध्यक्षमा सारदा दाहाल , संचालक सदस्यहरुमा बसन्ती ठकुरी , सृजना रुम्बा , राधिका लामा, रत्नमाया लामा , बुद्धलक्ष्मी अधिकारी , अनिता सापकोटा ,चन्द्र कुमारी सुनार तथा जिल्ला प्रतिनिधि सदस्यमा रुकमणी ढुंगानालाई सर्वसम्मत चयन गरेको थियो । त्यसैगरी संस्थाको लेखा समिति संयोजकमा जोसिना बर्तौला तथा लेखा समिती सदस्यहरुमा मिठु अधिकारी र सुभेच्छ्या दाहाल सर्वसम्मत चयन भएका थिए ।

निर्वाचन समितिका संयोजक गोविन्द प्रसाद तिमल्सिना (शर्मा) ले भेलाबाट नव निर्वाचित संचालक समिति तथा लेखा समिति लाई सपथ ग्रहण गराउनुका साथै प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष सोविता पोखरेल , पुर्व अध्यक्ष निर्मला लम्साल तथा मनकामना दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष अर्जुनप्रसाद दाहालले आफ्ना मन्तव्य सहित नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।


कार्यक्रममा निर्वाचन समितिका सदस्य द्वय सावित्री घिमिरे ढुङ्गाना र मनोज देवकोटा लगायत संस्थाका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

समाचार सहकारी