राष्ट्रपतिबाट संसद् बैठक आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् बैठक आह्वान गरेकी छिन् । राष्ट्रपति भण्डारीले मङ्सिर २८ गते मङ्गलबार दिउँसो २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा सङ्घीय संसद्को दुवै सदनको बैठक आह्वान गरेकि हुन् ।

राष्ट्रपति भण्डारीले नेपाल सरकारको यही मङसिर १६ गतेको निर्णय र सिफारिसबमोजिम नेपालको संविधानको धारा ९३ को १ बमोजिम बैठक आह्वान गर्नुभएको राष्ट्रपतिको कार्यालयले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

मुख्य समाचार राजनीति