राप्रपा अध्यक्षमा लिङदेन विजयी, थापाले १६ सय मत ल्याउदा लिङदेनले १८ सय ल्याए

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङदेन विजयी भएका छन् । कमल थापासँग अध्यक्षको लागि प्रतिस्पर्धामा आएका लिङदेनले जित हासिल गरेका हुन् ।

महाधिवेशनमा मतदान हुदा लिङदेनले थापालाई हराउँदै पार्टीका अध्यक्ष बनेका हुन ।

लिङदेनले थापालाई २२७ मतान्तरले पराजित गरे । राप्रपाका झण्डै ४ हजार ४ सय महाधिवेशन प्रतिनिधिमध्ये ३८ सय ७३ मत खसेकोमा लिङदेनको पक्षमा १ हजार ८ सय ४४ र थापाको पक्षमा १ हजार ६ सय १७ मत आएको थियो । ४३१ मत बदर भएको छ ।

प्रदेश समाचार मुख्य समाचार राजनीति