नेपाल पाराभेटेरीनरी एशोसिएशन मकवानपुरको अध्यक्षमा पुनः खड्का निर्वाचित

२६ मंसिर , हेटौंडा- नेपाल पाराभेटेरीनरी एशोसिएशन ( NEBLA ) मकवानपुरको दशौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिबार हेटौंडामा भएको अधिवेशनले पुनः कुमार खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

यसैगरी कार्यसमितिको उपाध्यक्षमा उत्तम अधिकारी, सचिवमा श्याम ढकाल र कोषाध्यक्षमा श्रीजना सुर्खेती निर्वाचित हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा संजोग अर्याल, धिरज पौडेल, नवीन अधिकारी, सीता भट्टराई, प्रदीप थिङ, सुदिप पराजुली र गोविन्द पुडासैनी निर्वाचित हुनुभएको नवनिर्मित उपाध्यक्ष उत्तम अधिकारीले जानकारी दिनुभएको छ ।

नेपाल पाराभेटिरीनरी एशोसिएशन मकवानपुरका अध्यक्ष कुमार खड्काको सभाध्यक्षतामा भएको भेलामा नेब्लाका केन्द्रिय अध्यक्ष राम प्रसाद मेहेताको प्रमुख आतिथ्यता रहेको थियो । भेलामा पशु विज्ञकेन्द्र तथा भेटेरीनरी अस्पताल हेटौंडाका सुचना अधिकारी डा. ध्रुव डिसि लगायतकाको आतिथ्यता रहेको थियो ।

प्रदेश समाचार मुख्य समाचार