आदिवासी जनजाति आयोगले बागमति प्रदेश प्रमुख शर्मालाई बुझायो प्रतिवेदन

२६ मंसिर , हेटौंडा- आदिवासी जनजाति आयोगले बागमति प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई वार्षिक प्रतिवेदन २०७७/७८ बुझाएको छ । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगर नेतृत्वको टोलीले हेटौंडा १०, स्थित प्रदेश प्रमुखको कार्यालयमा आयोगको वार्षिक प्रतिवेदन बुझाएको हो । टोलीमा सदस्य सुर्यबहादुर गुरुङ, सचिव भोला दाहाल लगायत रहेका थिए ।

यसैबिच, आदिवासी जनजाति आयोगका अध्यक्ष मगर, सदस्य गुरुङले मकवानपुरका आदिवासी जनजाति संस्थाका प्रतिनिधिसँग छलफल गरेका छन् ।आदिवासी जनजातिको अबस्था, समस्या र जनगणनाबारे आयोगको एक टोलीले चाँडै मकवानपुरको चेपाङ जातिको अध्ययन गर्ने समेत बताईएको छ ।

सडक, खानी लगायतका कारण आदिवासी जनजातिको बसोबास उठाउने कार्यविरुद्ध उजुरी दिन आयोगका सदस्य गुरुङले आग्रह गरेका छन् । नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष जंगबहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रदेश समाचार मुख्य समाचार समाचार