काङ्ग्रेसको सहभागिता बिना नै बागमती प्रदेशमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार हुँदै

 

हेटौंडा / बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले तेस्रो पटक मन्त्रिपरिषद विस्तार गर्नु भएको छ ।
प्रदेशमा गठबन्धनको सरकार गठन भएसँगै तेस्रो पटक मन्त्रीपरिषद् विस्तार हुन लागेको हो । तर यसपटक सत्तारूढ नेपाली काङ्ग्रेसको सहभागीता बिना नै मन्त्रिपरिषद् विस्तार हुन लागेको हो ।

मुख्यमन्त्री पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्री तथा राज्यमन्त्री थप गर्नु भएको हो ।
आज थप गरिएको मन्त्रिहरुमा सरकारको नेतृत्व गरिरहेको एकीकृत समाजवादीबाट २ जना मन्त्री र एक राज्यमन्त्री तथा माओवादी केन्द्रबाट ३ जना मन्त्री थप गरिएको हो ।

आज नियुक्त हुनु भएका मन्त्रिहरुमा माओवादी केन्द्रबाट श्रम, रोजगार तथा यातायात मन्त्रीमा घनश्याम दाहाल, वन तथा वातावरण मन्त्रीमा विशाल खड्का, युवा तथा खेलकुद मन्त्रीमा रत्नप्रसाद ढकाल हुनुहुन्छ । भने एकिकृत समाजबादीबाट खानेपानी उर्जा तथा सिंचाई मन्त्रीमा बसन्तप्रसाद मानन्धर, कृषि तथा पशुपंक्षी मन्त्रीमा बसुन्धरा हुमागाईं र कृषि तथा पशुपंक्षी राज्यमन्त्रीमा इन्द्रमाया गुरुङ नियुक्त हुनुभएको छ । नव नियुक्त मन्त्री तथा राज्यमन्त्रीको आजै सपथ ग्रहण गराउने तयारी गरिएको छ ।

मुख्य समाचार राजनीति समाचार