नेकपा एमाले मकवानपुरको जिल्ला अधिवेशन पुस २३ र २४ गते हेटौंडा हुने

हेटौँडा / नेकपा एमाले मकवानपुरको जिल्ला अधिवेशन पुस २३ र २४ गते हेटौँडामा हुने भएको छ ।

नेकपा एमालेको केन्द्रिय कमिटीले देशै भरका जिल्ला कमिटीहरुको अधिबेशन एकैपटक गर्ने निर्णय गरेसङ्गै एमाले मकवानपुरको आज बसेको सचिवालय बैठकले पुस २३ र २४ गते हेटौंडामा जिल्ला अधिवेशन आयोजना गर्ने निर्णय गरेको हो ।

जिल्ला अधिवेशन तयारीको लागि यहि पुस ७ गते हेटौँडामा जिल्ला कमिटिको बैठक बस्ने र सो बैठकले अधिवेशनको विभिन्न तयारी समितिहरु निर्माण गर्ने एमाले मकवानपुरका सचिव एकालाल श्रेष्ठले बताउनुभयो ।

मुख्य समाचार राजनीति समाचार स्थानीय