टोल बिकास संस्था नगर समन्वय समितिद्वारा नेतृत्व बिकास तालिमको आयोजना

 

हेटौंडा / टोल बिकास संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिकाले टोल बिकास संस्थाका अध्यक्ष लक्षित नेतृत्व बिकास तालिमको आयोजना गरेको छ ।

नगर समन्वय समितीले हेटौंडा उपमहानगरपालिका वडा नं १२, १३ र १७ मा गठन भएका ६० वटा टोल बिकास संस्थाहरुको अध्यक्षहरुका लागि नेतृत्व बिकास तालिम कार्यक्रमको आयोजना गरेको हो ।

तालिममा टोल बिकास संस्थाको आबस्यकता, महत्व, नेतृत्व बिकास, उद्द्घोषण कला, भाषण कला, माइन्युट लेखन, बैठक संचालन, योजना छनौट प्रक्रियामा टोल बिकास संस्थाको भुमिका लगायतका बिषयमा २ दिन सम्म सन्चालन हुने तालीममा टोल बिकास संस्था नगर समन्वय समितीका महासचिव शिबहरि दाहाल, सचिब देबकुमार श्रेष्ठ, सन्चारकर्मी रिपेश दाहाल, हेटौंडा उपमहानगरपालिका सामाजिक बिकास महाशाखा प्रमुख बिष्णुकुमारी लामिछानेले सहजीकरण गरिरहेका छन ।

नगर समन्वय समितीका अध्यक्ष ध्रुब अधिकारीको अध्यक्षतामा भएको तालिमको हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना लामाले उद्द्घाटन गर्नुभएको थियो ।

मुख्य समाचार समाचार समाज स्थानीय