अनेरास्ववियु मकवानपुरले “अखिल साँझ” को आयोजना गर्ने

 

हेटौंडा / अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ( अनेरास्ववियु ) मकवानपुरले “अखिल साँझ” को आयोजना गर्ने भएको छ ।

शनिबार नेकपा एमालेको पार्टी कार्यालय सानोपोखरामा बसेको जिल्ला सचिवालय बैठकले केन्द्रिय कमिटीले जारी गरेको सर्कुलर अनुसार मकवानपुर जिल्ला सम्मेलनको तयारी सन्देश दिनका लागि आउँदो माघ–७ गते “अखिल साँझ” कार्यक्रम गर्ने निर्णय गरेको अनेरास्ववियु मकवानपुरका अध्यक्ष विशाल पौडेलले जानकारी दिए।

बैठकमा एमाले मकवानपुरका अध्यक्ष बद्रि लम्साल, अखिल केन्द्रिय सचिवालय सदस्य किशन घिसिङ, अनेरास्ववियु केन्द्रिय सदस्य आशिष अस्लामि, अनेरास्ववियु मकवानपुरका सचिव पुस्कर तिमल्सिना लगायत सचिवालय सदस्यहरुको उपस्थिति रहेको थियो ।

मुख्य समाचार राजनीति समाचार स्थानीय