टोल बिकास संस्था नगर समन्वय समितिद्वारा दोश्रो चरणको नेतृत्व बिकास तालिम सुरु

 

हेटौंडा / टोल बिकास संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिकाले टोल बिकास संस्थाका अध्यक्ष लक्षित दोश्रो चरणको नेतृत्व बिकास तालिमको आयोजना गरेको छ ।

नगर समन्वय समितीले हेटौंडा उपमहानगरपालिका वडा नं १४, १५ र १६ मा गठन भएका ६० वटा टोल बिकास संस्थाहरुको अध्यक्षहरुका लागि नेतृत्व बिकास तालिम कार्यक्रमको आयोजना गरेको हो ।

टोल बिकास संस्थालाइ नेतृत्व बिकास तालिम मार्फत सशक्तीकरण गर्न र आफ्ना काम, कर्तव्य र अधिकारबारे अझ सचेत बनाइ टोलको बिकासमा अझ उत्साहित बनाउन तालिमको आयोजना गरिएको
बिकास संस्था नगर समन्वय समितीका अध्यक्ष धुर्ब अधिकारीले बताउनुभयो ।

तालिममा टोल बिकास संस्थाको आबस्यकता, महत्व, नेतृत्व बिकास, उद्द्घोषण कला, भाषण कला, माइन्युट लेखन, बैठक संचालन, योजना छनौट प्रक्रियामा टोल बिकास संस्थाको भुमिका लगायतका बिषयमा २ दिन सम्म सन्चालन हुने तालीममा टोल बिकास संस्था नगर समन्वय समितीका महासचिव शिबहरि दाहाल, सचिब देबकुमार श्रेष्ठ र सन्चारकर्मी रिपेश दाहालले सहजीकरण गरिरहेका छन ।

नगर समन्वय समितीका अध्यक्ष ध्रुब अधिकारीको अध्यक्षतामा भएको तालिमको हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना लामाले उद्द्घाटन गर्नुभएको थियो ।

मुख्य समाचार समाचार समाज स्थानीय