भ्रामक समाचार बनाएर पूर्व मुख्यमन्त्रीको व्यक्तित्वलाई धुमिल पार्ने काम गरीयो- सचिवालय

 

हेटौंडा / बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयले भ्रामक समाचार बनाएर पूर्व मुख्यमन्त्रीको व्यक्तित्वलाई धुमिल पार्ने काम गरीएको प्रती आपत्ति जनाएको छ ।

शनिबार पूर्व मुख्यमन्त्री पौडेलको सचिवालयद्धारा विज्ञप्ती जारी गर्दै कानून बिना सरकारी सुविधाको सवारी प्रयोग गरेको भनि प्रकाशित/ प्रसारित समाचारप्रति पूर्व मुख्यमन्त्रीको गम्भीर ध्यानाकर्षण भएको र उक्त समाचारमा कुनै सत्यता नरहेको जनाएको हो ।

पूर्व मुख्यमन्त्री पौडेलका स्वकीय सचिव प्रकाश दाहालद्धारा हस्ताक्षरित विज्ञप्तीमा नैतिकता सदाचारप्रति सदैव सजग रही राजनीतिमा कृयाशील उहाँको व्यक्तित्वलाई धुमिल पार्ने नियोजित षडयन्त्र पूर्वक गरिएको भ्रामक समाचारमा कुनै सत्यता नरहेको उल्लेख गरीएको छ ।

उहाँ मुख्यमन्त्री पदबाट हटेपछि तत्कालीन आन्तरिक मामिला तथा कानूनमन्त्रीले सवारी साधन उपलब्ध गराएको र पूर्व मुख्यमन्त्रीको सुरक्षाका कारण मन्त्रालयले नै सवारी र सुरक्षकर्मी फिर्ता नगरेको सचिवालयले दावी गरेको छ ।

सरकारी सवारी चालकको सुविधासमेत लिएको, मन्त्री तथा कर्मचारीहरुले पटकपटक फिर्ता माग्दा पनि नदिएको भनी समाचार लेखिँदा उहाँसंग प्रतिकृया समेत नलीएको भन्दै सचिबालयले खण्डन गरेको छ । मन्त्रालयबाट लिखित पत्राचार भए सवारी साधन फिर्ता गरिने बिज्ञप्तीमा उल्लेख छ ।

प्रदेश समाचार मुख्य समाचार राजनीति समाचार समाज स्थानीय